मंगलबार १२ आषाढ २०८१

बिहानै काठमाण्डौमा घट्यो दुःखद घटना

काठमाण्डौ उपत्यकामा हिजो भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

आपसी विवादमा कुटपिट हुँदा ललितपुर महानगरपालिका वडा नम्बर ९ बालकुमारी बस्ने सर्लाहीका ५३ वर्षका ज्ञानबहादुर भन्ने हिम परियारको ज्यान गएको छ ।

 

हत्या आरोपमा ललितपुर महानगरपालिका वडा नम्बर ९ बालकुमारी च्यासल बस्ने ४३ वर्षका शंकर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरले ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो।

 

यसैबीच काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने सप्तरीकी ३८ वर्षकी अनिता चौधरीको धारिलो हतियार प्रहारबाट ज्यान गएको छ ।

 

हत्या आरोपमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ५२ वर्षका गौरा सिंह बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


Last Updated on: November 9th, 2023 at 4:28 am
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया