मंगलबार १२ आषाढ २०८१

 

कञ्चनपुरमा श्रीमान् र श्रीमती आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन् ।लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा

 

झुण्डिएको अवस्थामा फेला परेका हुन्जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाशबहादुर डाँगीका अनुसार घरको धुरीमा झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।

 

मृतकको तीन वर्षीया बालक रोएपछि नजिकै बस्ने उनकी हजुरआमा घरमा पुगेर हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

 

उनीहरुको मृत्युको कारण नखुलेको बताउदै प्रहरी नायब उपरीक्षक डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


Last Updated on: November 12th, 2023 at 12:13 pm
१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया