सोमबार १४ जेठ २०८१

भारतमा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, ९०० जना घाइते ‌।

काठमाडौं ।

भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो ।

 

त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए ।एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् ।

 

दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् ।

 

उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।शुक्रबार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् ।


Last Updated on: November 18th, 2023 at 5:47 am
२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया