बिहिबार १० जेठ २०८१

मकवानपुरको हुप्र चौरमा साल नालसहितको शिशु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनालसहितको शिशु (छोरी) फेला परेको हो ।

 

बिहीबार साँझ हेटौंडा ४ हुप्रचौरस्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो छेउको झाडीमा सालनालसहितको शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

स्थानीयले बच्चा रोयको आवाज सुनेर हेर्दा भर्खरै जन्मेको साल नालसहितको शिशु फेलापरेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

 

शिशुलाई हेटौंडा अस्पतालको जिम्मा लगाइएको उनले बताए ।उनका अनुसार शिशुको उद्धार गरी हेटौंडा अस्पताल पठाएको र जन्मदिएर झाडीमा शिशु छोड्ने आमाको खोजीका लागि अनुसन्धान भइरहेकोछ ।


Last Updated on: November 20th, 2023 at 12:50 pm
१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया