बिहिबार १० जेठ २०८१

काठमाण्डाै – सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गर्नुभएको छ ।

 

पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै मेयर राईले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गर्नुभएको हो ।

सबै जना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न उहाँले धरानवासीलाई अपिल गर्नुभएको हो ।

 

पछिल्लो समय धरानमा धार्मिक र सामाजिक विवाद बढ्दै गएको छ । हिजो बिहीवार पनि पाँच जना पूर्वमेयरहरूले विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए । 

 

 


Last Updated on: August 26th, 2023 at 3:58 am
१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया