बिहिबार १० जेठ २०८१

 

धनगढीः पलियाबाट धनगढी आउँदै गरेको स्कृटरलाई ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । भारतको पलियामा कैलालीको धनगढी आउँदै गरेको स्कृटरलाई भारतीय नम्बरको ट्रकले ठक्कर दिदा दुई नेपाली घाइते भएका हुन् । घाइतेहरुको पहिचान खुल्न बाँकी छ।

 

सुदूरपश्चिम प्रदेश ०१०११ प ५२८३ नम्बरको स्कुटरलाई भारतीय नम्बरको ट्रकले आज ठक्कर दिएको हो । यस विषयमा थप जानकारी लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । स्कुटरमा सवार एक महिला र एक जना पुरुष घाइते भएको खबर प्राप्त भएको छ । तर यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै छ ।


Last Updated on: December 5th, 2023 at 2:09 am
६ पटक हेरिएको

तपाईको प्रतिक्रिया