शुक्रबार ११ जेठ २०८१

अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको भाउ सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ ।

 

गत साता शुक्रबार बजार बन्द हुादा डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८५ दशमलव ५५ डलर कायम भएको छ । शुक्रबार एकै दिन २ दशमलव ३ प्रतिशतले मूल्य बढेको हो । त्यस्तै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८८ दशमलव ५५ डलर कायम भएको छ भने मुर्बान तेलको ९० दशमलव ६९ डलर पुगेको छ ।

अमेरिकामा एक सातामै तेल मौज्दात २ दशमलव ४ प्रतिशतले घटेको छ । जसका कारण तेलको माग बढेकाले मूल्य बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

आगामी अक्टोबरदेखि रुस तथा साउदी अरेबियाले कच्चा तेलको उत्पादनमा कटौती गर्ने तयारी गरेकाले पनि तेलको मुल्य बढ्न सक्ने देखिएको छ ।

 

नोट :e-newspati.com मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई bharatmadai06@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


Last Updated on: September 3rd, 2023 at 4:58 pm
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया