बिहिबार १० जेठ २०८१

 

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

भजनी नगरपालिका-५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

 

सोमबार नै गौरीगंगा नगरपालिका-३ को कुचैनीमा से ३ प १४१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-१३ बस्ने ४५ वर्षीय कुत्ते सार्कीको मृत्यु भएको जनाएको छ ।

 

उक्त मोटरसाइकल दुर्घटनामा धनगढीकै ३९ वर्षीय तेजबहादुर सार्की घाइते भएका छन् । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


Last Updated on: December 15th, 2023 at 1:56 am
९ पटक हेरिएको

तपाईको प्रतिक्रिया