बिहिबार १० जेठ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा ताला लगाएको छ । उक्त रेष्टुरेन्टको मःममा साङ्ला भेटिएपछि महानगरले उक्त रेष्टुरेन्टमा ताला लगाएको हो ।

ग्राहकबाट आएको उजुरीको आधारमा महानगरको टोलीले अनुगमन गर्दा मःममा साङ्ला भेटिएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोलीले अनुगमन गर्दा भान्सा अस्वस्थ ढंगले चलाइएको र भान्छामा साङ्ला तथा फोहोर देखिएपछि ताला लगाइएको बताइएको छ ।

यससँगै उक्त रेष्टुरेन्टलाई जरिवाना गर्ने वा मुद्दा चलाउने भन्ने विषयमा भने हालसम्म टुंगो लागेको छैन । यसविषयमा महानगरको प्राविधिक टोलीले अध्ययर गरेपछि मात्रै टुंगो लाग्ने महानगर स्रोतले बतायो


Last Updated on: October 9th, 2023 at 12:07 am
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया