बिहिबार १० जेठ २०८१

गैँडाकोट : गैँडाकोट र नारायणगढ जोड्ने नारायणी नदी पुलबाट हाम फाल्दा सोमबार एक महिलाको मृत्यु भएको थियो । उनले सोमबार बिहान करिब साढे ८ बजेको समयमा गैँडाकोटतर्फ पुलबाट नदीमा हाम फालेकी थिइन् । अहिले उनको परिचय खुलेको छ । उनी गैँडाकोट–४ निवासी ४१ वर्षीया सिर्जना मरासिनी रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।

 

 

 

मृतक महिलाका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् । परिवारले शव बुझ्ने पोष्टमार्टमलयातका काम भइरहेको प्रहरीले जनाएको छ । महिला पुलबाट हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी र नारायणी नदीको बोटको सहायतामा उद्दार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएको थियो । उपचारका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।


Last Updated on: December 29th, 2023 at 10:39 am
७ पटक हेरिएको

तपाईको प्रतिक्रिया