बिहिबार १० जेठ २०८१

दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

 

घोराही-तुलसीपुर सडकखण्ड अन्तगर्त तुलसीपुर-१८ दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षका सागर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

 

 

तुलसीपुर-१८ जनकल्यान माद्यामिक विद्यालयबाट घर फर्कदै गर्दा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको गरेको भे १ ख ३६९७ नम्बरको बसले सोमबार दिउँसो चार बजेतिर ठक्कर दिँदा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

 

घटनाको विषयमा थप अनुसन्धान भएरहेको मल्लले जानकारी दिनुभयो । घटनापछि मृतक बालकका आफन्तले सडक अवरुद्ध पारेका छन् ।


Last Updated on: January 2nd, 2024 at 3:05 am
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया