शुक्रबार ११ जेठ २०८१

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

 

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ, तर चिताएको काम रोकिन सक्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्न पनि सक्छ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक र प्राविधिक काम सम्पन्न हुने त्यसबाट थप ऊर्जा मिल्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।


Last Updated on: January 10th, 2024 at 2:19 am
३० पटक हेरिएको

तपाईको प्रतिक्रिया