बिहिबार १० जेठ २०८१

 

एक जना नर्सले यस यो तस्बीर सार्वजनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् । यि वि रामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । उनलाई अस्पतालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् । अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआएपनि एउटा परेवाले उनको रेखदेख गरिरहेको छ ।

 

सो परेवा ति वि रामीको वरीपरी बस्छ, कतिवेला पनि उनलाई छोड्दैन । नर्सले पछि थाहा पाइन् त्यो परेवाले वि रामीलाई नछोड्नुको कारण । उनले त्यो कुरा पनि सार्वजनिक गरेकी छन् । ति बि रामी अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे ।

 

एउटा चरामा पनि यस्तो मानवता देखेर ति नर्स छक्क परेपछि यो पोष्ट सार्वजनिक गरेकी थिइन् ।यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइ रल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता शेषकान्त गौतमले पनि यो कुरा सार्वजनिक गर्दै लेखेका छन्।

 

यो तस्विर खिच्ने नर्सको भनाइअनुसार यी बृद्ध व्यक्त्ति उ पचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो र आजसम्म पनि उनका परिवारका मान्छे, नातागोता तथा साथीभाइ कोही पनि उनको बारेमा सोध-खोज गर्न आएका छैनन् । २ दिनजति भयो, एउटा परेवा एकछिन एकछिनमा आउँदै, उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ । पछि यो पत्ता लाग्यो कि त्यो अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे ।


Last Updated on: January 21st, 2024 at 3:22 am
३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया