बिहिबार १० जेठ २०८१

 

धनगढी । धनगढीका एक व्यापारीले आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।

 

 

 

 

अग्रवालले बुधवार बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएको तत्काल उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदिप चन्दले बताए ।

 

उपचारको क्रममा अग्रवालको मृत्यु भएको प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ । अग्रवालले धनगढीमा शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका थिए ।


Last Updated on: January 24th, 2024 at 11:42 am
९ पटक हेरिएको

तपाईको प्रतिक्रिया