बिहिबार १० जेठ २०८१

कृष्ण कँडेल र शर्मिला श्रेष्ठको लफडामा शर्मिला वाइबाको ‘ईन्ट्री’, त्यसपछि लाग्यो यौनहिंसाको आरोप !

 

 

 

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित कार्यक्रम इन्द्रणीका सञ्चालक कृष्ण कँडेल र गायिका शर्मिला श्रेष्ठबीचको आरोप-प्रत्यारोपले अहिले सामाजिक सञ्जाल तातिरहेको छ ।लोकदोहोरी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेलबाट आफू मानसिक हिंसासँगै ‘यौन हिंसाको सिकार भएको’ भन्दै शर्मिला श्रेष्ठले आरोप लगाएपछि पक्ष-विपक्षमा प्रतिक्रिया आइरहेका छन् ।

 

लामो समयदेखि ‘लाइभ दोहोरी’ गीतको कार्यक्रम चलाएर देश विदेशबाट पैसा संकलन गरी समाजसेवा गर्दैआएका कृष्ण कँडेल समाजका एकतहका मानिसहरुबीच लोकप्रिय छन् ।लोकतथा दोहोरी गीतमा रुची राख्नेहरूले उनलाई खुबै मान्छन् । देश विदेशबाट सहयोग उठाएर धेरै मानिसको जीवन बचाएका उनलाई लाभान्वित हुनेहरूले त ‘भगवान्’ नै ठान्छन् ।


Last Updated on: February 16th, 2024 at 8:07 pm
११ पटक हेरिएको

तपाईको प्रतिक्रिया