शुक्रबार ११ जेठ २०८१

मोटरसाइकल दुर्घटनामा परि प्रहरी हवल्दार खड्काको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार लेखबहादुर खड्काको मृत्यु भएको छ । प्रहरी वृत्त बानेश्वर दरबन्दी भई हाल काडाघारी प्रहरी बिट कृष्ण मन्दिरमा कार्यरत हवल्दार खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

 

मंगलबार बेलुकी ड्युटीको लागि जाँदै गर्दा उनले चलाएको बा ९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

 

टाउकोमा गम्भीर चोट लागेका उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि बाँसबारी ब्युरो अस्पताल लगिएको थियो ।

 

तर, उपचारको क्रममा बुधबार बेलुकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Last Updated on: February 23rd, 2024 at 7:01 am
१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया