बिहिबार १० जेठ २०८१

म्याकुरीकी श्रीमतीले यस्ता अश्लिल भिडियो म्यासेज देखाउदै पत्रकार सम्मेलनमा हेर्नुस्

 

काठमाडौं । कृष्ण कँडेल र इन्द्रेणीको काण्डलाई ओझेलमा पार्दै पवन खतिवडा उर्फ म्याकुरीको गृह कलहले युट्युबको नेपाली आकाशलाई छपक्कै ढाकेको छ ।

 

‘फलानो रुँदै मिडियामा’, ‘ढिस्कानोले खोले नयाँ रहस्य’, ‘चिलानोले पहिलो पटक मुख खोले, यतिसम्म भएको रहेछ’ जस्ता सनसनीपूर्ण कन्टेन्टहरूको युट्युबमा ओभरफ्लो हुँदा कुन हेर्ने कुन नहेर्ने भनेर दर्शक नै आत्तिएका छन् ।

 

‘म्याकुरी’ अहिलेको पुस्ताका एक प्रतिभाशाली र सृजनशील कमेडियन हुन् । उनको कमिक टाइमिङ निकै राम्रो छ । तर, निजी जीवनको टाइमिङ भने ठीक चलिरहेको छैन ।

 

आफ्ना व्यक्तिगत र पारिवारिक मामिलाहरूको राम्ररी व्यवस्थापन राम्ररी गर्न नसक्दा आफैँले बनाएको जालमा माकुरा फसेँझैं फसिरहेका छन् म्याकुरी । शर्मिला वाइवा, रीतु बस्नेतजस्ता एटेन्सनसिकरहरुसँगको हिमचिम र संगतले उनको व्यक्तिगत प्रतिष्ठालाई धुमिल बनाएको छ । आफ्नो शुक्रकीटले बच्चा जन्माउनै नसक्ने जस्ता अत्यन्तै निजी विषय सञ्चारमाध्यममा छताछुल्ल बनाउनुपर्ने विवशतामा उनी पुगेका छन् ।


Last Updated on: February 25th, 2024 at 12:58 pm
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया