बिहिबार १० जेठ २०८१

। पति–पत्नीको सम्बन्ध पवित्र मानिन्छ तर यो सम्बन्धलाई नै कलङ्कित तुल्याएको एउटा घटना प्रकाशमा आएको छ । घटना भारतको मध्यप्रदेश राज्यस्थित मुरैना जिल्लाको हो, जहाँ एक पुरुषले आफ्नै पत्नीको सामूहिक बलात्कार गराएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुरैना जिल्लाको बसैया थानामा यसबारे उजुरी परेको छ । आरोपित पुरुषकै सासुले प्रहरीमा उजुरी दिएकी हुन् । बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नभएका कारण ज्वाइँले आफ्नी छोरीको सामूहिक बलात्कार गराएको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् । छोरीले यसबारेमा आफूलाई सुनाएपछि घटना प्रकाशमा आएको ती महिलाको भनाइ छ ।

 

६ फेब्रुअरीका दिन बाइकमा ज्वाइँ–छोरी नै रायपुर गएको र सोही साँझ तोरीबारीमा काम गरिरहेका दुई मजदुरबाट ज्वाइँले आफ्नी छोरीलाई बलात्कार गराएको ती महिलाले आरोपपत्रमा उल्लेख गरेकी छन् ।बलात्कार गराइसकेपछि पत्नीलाई उक्त घटनाबारे कसैलाई नभन्न धम्की दिएको तर छोरीले आफूलाई जानकारी गराएपछि प्रहरीसमक्ष उजुरी दिएको ती महिलाको भनाइ छ । प्रहरीले सोही उजुरीका आधारमा पीडित महिलाका पति र बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । आरोपित पतिले आफ्नो अपराध स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Last Updated on: February 26th, 2024 at 10:10 am
११ पटक हेरिएको

तपाईको प्रतिक्रिया