सोमबार १४ जेठ २०८१

 

काठमाडौँ —धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो ।

 

 

दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।

 

अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको पनि प्रहरीको भनाइ छ ।


Last Updated on: March 14th, 2024 at 7:28 am
२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया