बिहिबार १० जेठ २०८१

सुपारेटारमा टिपर दुर्घटना, चालकको उद्धार हुँदै

 

 

५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार हुँदैछ ।

 

 

 

हेटौंडाबाट हाइड्रा झिकाई टिपरमा च्यापिएका चालकको हेटौंडा १५ का ४३ वर्षीय विर बहादुर वाइवाको उद्धार भईरहेको हो ।

ढुंगा बोकेर हेटौंडा बजार तर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर सोमबार बिहान राप्ती खोलामा खसेको थियो । घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली रहेको छ ।


Last Updated on: March 18th, 2024 at 10:24 am
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया