शुक्रबार ११ जेठ २०८१

 

सुर्खेतमा मृत भेटिएका किशोरको सुसाइड नोट- ‘रवि दाइ मेरो भाइको इच्छा पूरा गर्दिनुहोला’

 

काठमाडौं । सम्पर्कविहीन रहेका अछामका किशोरको शव सुर्खेतको वीरेन्द्रनगरमा फेरि परेको छ । अछामको रामारोशन गाउँपालिका-४ बाटुलासेनका १८ वर्षीय मनोज खनालको शव सम्पर्कविहीन भएको ४ दिनपछि वीरेन्द्रनगर नगरपालिका-४ मा रहेको सहिद पार्कको गेट नजिक भेटिएको हो ।

 

 

 

 

प्रहरीकाअनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी सुर्खेतको वीरेन्द्रनगरमा अध्ययनरत थिए । खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए । त्यसपछि परिवारको सम्पर्कविहीन रहेका उनी मृत भेटिएका हुन् ।

 

घटनास्थल : वीरेन्द्रनगर नगरपालिका-४ स्थित सहिद पार्क

उनले आत्महत्या गरेको अनुमान गरेको प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । प्रहरीकाअनुसार मनोजले लेखेको सुसाइड नोट फेला परेको र त्यस विषयमा अनुसन्धान भइरहेको हो । यद्यपि सुसाइड नोट उनैले लेखेको हो होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।

 

भेटिएको सुसाइड नोटमा सबैसँग माफी मागिएको छ । परिवारको अवस्था अत्यन्तै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको सिकार भएको उक्त नोटमा उल्लेख छ । विशेषतः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरिएको उक्त नोटमा आफ्नो परिवारलाई सान्त्वना दिन आग्रह गरिएको छ । साथै भाइको इच्छा पूरा गरिदिन पनि उक्त नोटमा भनिएको छ ।

 

यस्तो छ नोट :-


Last Updated on: March 19th, 2024 at 5:01 am
२० पटक हेरिएको

तपाईको प्रतिक्रिया