बिहिबार १० जेठ २०८१

, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ भेडावारिको झाँक्री थान भन्ने स्थानमा बिजुलीको करेन्टबाट एक जनाको ज्यान गएको छ ।

 

आफ्नो काममा हिँडेका स्थानीय हर्क बहादुर थापाको करेन्ट लागेर ज्यान गएको हो ।

 

हिँड्ने बाटोमा लतारिएको बिजुलीको तारले थापालाई करेन्ट लागेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


Last Updated on: March 25th, 2024 at 2:31 pm
२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया