बिहिबार १० जेठ २०८१

 

डोटीमा माटोको ढीस्कोमा च्यापिएर एक जना महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर ९, ढुङ्गमा माटोको ढीस्कोमा च्यापिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले बताउनु भएको छ ।

 

घटनामा अन्य तीन जना पनि परेका र उनीहरुको सकुशल उद्धार गरिएको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले बताउनुभयो ।

 

 

 

घर पोत्ने माटो खन्ने क्रममा घटना भएको हो । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि समेत घटनास्थल पुगेको थियो


Last Updated on: March 28th, 2024 at 3:13 am
११ पटक हेरिएको

तपाईको प्रतिक्रिया