सोमबार १४ जेठ २०८१

 

काठमाडौँ । लोकप्रिय गायन रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।

 

 

पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । पुर्जी जारी भएसँगै ओड फरार भएका छन् । ओड नेपाल आइडलका विजेता हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Last Updated on: April 5th, 2024 at 6:51 am
३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया