शुक्रबार ११ जेठ २०८१

 

जीवित प्राणीका लागि गास, बास जस्तै अत्यावश्यक कुरा हो, यौन । विशेष गरि पूर्वीय समाजमा यसलाई गोप्य राख्नुपर्ने मान्यता स्थापित छ । अझ पुरुषको तुलनामा महिलाहरू यस मामलामा निकै चनाखो हुन्छन अर्थात यस विषयमा हत्तपत्त मुख खोल्दैनन् ।

 

 

सामाजिक कारणले मात्रै होइन कि जैविक करणले पनि महिलाले आफ्नो यौन चाहना शब्द बोलीमा व्यक्त नगर्ने गरेको पाइएको छ । उसो भए महिलामा यौन चाहना उत्पत्ति भएको कसरी थाहा पाउने त ? यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेका बेला देखाउने व्यवहारको चर्चा गरिएको छ।

 

१. नजिक आउन खोज्ने: महिला अनपेक्षितरूपमा तपाईँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाईलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरू खुट्टाको बुढी औंलाले भुइँमा कोतर्न थाले भने पनि उनीहरूको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरू च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

 

२. अँगाल्दा कम्मर वा अन्यत्र हात राख्ने :यदि तपाईँसँग रहेकी स्त्रीले तपार्इँलाई अंगालीरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपार्इँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाईँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

 

३. लामो र गहिरो श्वास लिने :यदि स्त्रीले तपाईको नजिक भएर लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भइरहेको छ भन्ने बुझ्नुस् । महिला उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरू उत्तेजित भएपछि उनीहरूको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदो गरी पुरुषको संवेदनशील भागमा छुने समेत गर्छन् ।

 

४. पुरुषसँग एकान्त बस्न चाहने :यदि कुनै पनि स्त्रीले तपार्इँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाईसँग बिताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

 

५. अनुहार रातो हुने :स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरूको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकांश महिलाको अनुहारमा पनि यो चाहना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता सामान्य लक्षण हुन् ।


Last Updated on: April 11th, 2024 at 7:02 am
३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया