बिहिबार १० जेठ २०८१

धादिङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा युवक फेला

धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एक जना युवक फेला परेका छन्। नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् ।

 

निर्माणाधिन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राती करिब १ बजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिए । ‘घाँटीको रुद्रीघण्टी आराले काटिएको अवस्थामा भेटिएको हो । उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन् । घाइते बनेपछि उद्धारका लागि गुहार गरेका गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको छ’ उनले भने ।

 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । पहिलो प्राथमिकता घाइतेको जीवन बचाउनु हो । उनले भने, ‘अहिले घाइतेको उद्धारमा लागेका छौं । अनुसन्धानपछि मात्रै थप जानकारी आउनेछ ।’


Last Updated on: April 20th, 2024 at 6:22 am
४५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया