सोमबार १४ जेठ २०८१

 

काठमाडौं । काखीमा दुधे बालक । अगाडि सात–आठ वर्षका एक बालिका र पछाडि महिलाहरु । अगाडि गाईवस्तुदेखि भेंडाबाख्राको ताँती छ ।

 

यो दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्ने सङघर्षपूर्ण यात्रा हो । अपि हिमाल गाउँपालिका–३ का २० वर्षीया तारा बोहरा दुधे बालकसहित यार्सा सङ्कलन गर्न लेकतिर जाँदै थिइन् ।

 

पिठ्युमा खाद्यान्न, लत्ताकपडा तथा छातीमा दुधेबालक छ । दुधेबालक सँगै लिएर जाने उनी एक्ली पात्र भने हैनन् । सुनभन्दा महङ्गो मूल्यमा बिक्री हुने यार्सामा जीवनकै बाजी थाप्नेहरुको ताँती अहिले पहाड उक्लिदैछन् ।

 

यस क्षेत्रका अधिकाँश महिलाहरुयसरी नै दुधेबालक च्यापेर हरेक वर्ष यार्सा सङ्कलनमा जाने गर्छन् ।यो क्षेत्रका ६ देखि ६० वर्ष उमेर समूहका झण्डै चार हजार जनसङ्ख्या यार्सा खोज्न पाटन जाने गर्छन् ।

 

त्यहाँ एक महिना सङ्घर्षपूर्ण जीवन बिताउँछन् । यहाँका नागरिकको आय र खाद्यान्न जोहोको प्रमुख स्रोत नै यही एक महिनाको खटन हो । हेर्दा रहरैले गएको जस्तो देखिन्छ । त्यहाँको पीडा र कठिनाइ ती दुधे बालक लिएर जाने महिला र बालबालिकाले मात्रै भोगेका हुन्छन् ।


Last Updated on: October 31st, 2023 at 4:46 pm
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया