मंगलबार १२ आषाढ २०८१

हेर्नुहोस १६ बर्स पछि सुतेको बाघ जाग्यो!Breaking update,today nepali khabar,raja gyanendra shah

 

 

हार्दिक श्रदान्जली मनमा दया माया भए #Rip लेखी शेयर गर्नुहोला यिनै हुन् हिजो इटहरीमा मृत्यु हुने आमा छोरी

 

इटहरी : ईटहरी मुख्य चोकमा भएको सवारी दुर्घटनामा परि स्कुटरमा सवार एकै परिवारका आमाछोरीको मृत्यु भएको छ ।

 

३९ बर्षिय आमा सरिता चौधरी र २० बर्षिय अंशु चौधरीको मृत्यु भएको हो ।

 

पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।

 

ठक्करबाट गम्भीर घाईते भएकी सरिताको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरी डिएसपी माधब काफ्लेले जानकारी दिए ।

 

 

 

 

यस्तै छोरी अंशुको उपचारका क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो ।मंगलबार दिउँसो ३:३० बजे टिपरले स्कुटरमा सवार आमाछोरीलाई ठक्कर दिएको थियो ।

 

 

 

 

घटनापछि आक्रोसित आफन्त र स्थानीयले ढुङ्गामुडा गरेका थिए । ढुङ्गा मुडा प्रहार गर्दा इलाका प्रहरी कार्यालयका डिएसपी माधब काफ्ले सहित ९ जना घाइते भएका छन् ।

 

 

 

 

यस्तै सशस्त्र प्रहरी बलका ७ जना घाईते भएका छन् । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले ३४ थान अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित भिडले टिपरमाथी ढुङ्गा मुडा गरेका थिए भने चालकमाथि समेत हातपात गरेका थिए ।

 

 

 

 

टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ बर्षिय बल बहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैइरहेको छ ।


Last Updated on: November 8th, 2023 at 4:00 pm
४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया